शुक्रबार, चैत १६, २०८०

सर्भरमा समस्या आउँदा नेपाल सरकारका सबै वेबसाइट काम नगर्ने

मेरोन्यूज २०७९ माघ १४ गते १५:१७

काठमाडौं । सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट काम नगर्ने भएका छन् । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार विहानदेखि नै सर्भरमा समस्या आएको थियो, तर दिउँसोदेखि भने सर्भर डाउन भएको हो ।

सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलका अनुसार सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको बताए ।

प्रतिक्रिया