शनिबार, वैशाख ८, २०८१

त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान रोकियो

मेरोन्यूज २०७९ माघ १४ गते १४:५१

काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ ।
अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५र६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको जानकारी दिए ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।

प्रतिक्रिया