शुक्रबार, चैत १६, २०८०

पठानले तीन दिनमा कमायाे ३ सय करोड, सुल्तान र बाहुबली-२काे रेकर्ड ताेड्याे

मेरोन्यूज २०७९ माघ १४ गते १४:५९

काठमाडौं । शाहरूख खानकाे फिल्म पठान रिलिज भएकाे तीन दिन पुरा भइसकेकाे छ । बुधवारबाट विश्र्वभर रिलिज भएकाे याे फिल्मकाे तेस्रो दिन सङ्कलनमा केही कमी आएको छ ।

मिडिया रिपोर्टका अनुसार फिल्मले तेस्रो दिन ३५–३६ करोड भारू कमाएको छ । फिल्मको तीन दिनको कुल कमाई हेर्ने हो भने अहिलेसम्म भारतमा १६५ करोड भारूको व्यापार गरिसकेको छ ।

विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने पठानले तीन दिनमा ३०० करोड भारूको आँकडा नजिक पुगेको छ ।

घरेलु बक्स अफिसमा सुल्तान र बाहुबली २ को रेकर्ड तोडेसँगै फिल्मले ग्लोबल बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । रिपोर्टका अनुसार फिल्मले तेस्रो दिन ८० देखि १०० करोड भारूको व्यापार गरेको छ ।

Advertisement

प्रारम्भिक तथ्यांक हेर्दा फिल्मले शनिबार र आइतबार ५० करोडभन्दा बढी कलेक्सन गर्ने मौका छ । यदि फिल्मले त्यसो गर्न सफल भएमा फिल्मले ओपनिङ सातामै कमाईको नयाँ रेकर्ड बनाउन सक्छ ।

प्रतिक्रिया