शुक्रबार, वैशाख १४, २०८१

दुर्घटनाग्रस्त यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ परीक्षणका लागि सिंगापुर पठाइयो

मेरोन्यूज २०७९ माघ १४ गते १३:१०

काठमाडौं । यति एयरलाइन्सको पोरखामा दुर्घटना परेको विमानबाट बरामद ब्ल्याक बक्स अनुसन्धानको लागि सिंगापुर पठाइएको छ ।

चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स शुक्रबार सिंगापुर पठाइएको हो ।

दुर्घटनास्थलबाट प्राप्त फ्लाइड डेटा रेकर्डर र ककपिट भोइस रेकर्डर दुवैको परीक्षण सिंगापुरको ट्रान्स्पोर्टेसन सेफ्टी इन्भेस्टिगेसन ब्युरोका विज्ञहरुले गर्नेछन्।

हवाई दुर्घटना जाँच तथा हवाई क्षमता अभिवृद्वि सम्बन्धमा सिङ्गापुर, बेलायत र फ्रान्ससँग नेपालको सम्झौता रहेकाले परीक्षण निःशुल्क हुने जनाइएको छ ।

सो दुर्घटनाको छानबिन गर्न गठित टोलीले पनि काम गरिरहेको छ।

प्रतिक्रिया