शनिबार, वैशाख ८, २०८१

यही बर्ष विवाह गर्दैछन् यी ५ चर्चित जोडी, मिति पनि फिक्स

मेरोन्यूज २०७९ माघ १४ गते १२:०८

सन् २०२२ बलिउड जोडीका लागि निकै विशेष सावित भएको छ । आलिया भट्ट-रणबीर कपूर, मौनी रोय-सूरज नाम्बियार र फरहान अख्तर-शिबानी दांडेकर जस्ता धेरै सेलिब्रेटीहरू यस वर्ष विवाह बन्धनमा बाँधिएका थिए। गत वर्ष जस्तै यस वर्ष पनि धेरै सेलिब्रेटीहरुको बिवाह हुने भएको छ ।

अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलको विवाहसँगै सन् २०२३ मा सेलेब्सको विवाहको प्रक्रिया सुरु भएको छ । २०२३मा यी सेलिब्रेटीकाे हुँदैछ विवाहः-

कियारा आडवाणी-सिद्धार्थ मल्होत्रा

बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्रा ​​छिट्टै विवाह गर्दैछन् । दुवै आफ्नो सम्बन्धका कारण प्रायः चर्चामा आउने गर्छन् । यद्यपी दुबैले आफ्नो सम्बन्धलाई अहिलेसम्म आधिकारिक भनेका छैनन् । मिडिया रिपोर्टका अनुसार दुवैले फेब्रुअरी ६ मा शाही दरबारमा सात फेरा लिनेछन् ।

अर्जुन कपुर- मलाइका अरोरा

मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि एकअर्कासँग सम्बन्धमा छन् । मिडियामा यी दुबैको विवाहको खबर प्रायः आउने गर्छ । मिडिया रिपोर्टका अनुसार उनीहरु सन् २०२३ मा विवाह बन्धनमा बाँधिदैछन् ।

रकुल प्रीत सिंह-ज्याकी भगनानी

रकुल प्रीत सिंह र ज्याकी भगनानी आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । यो जोडीले गत वर्ष सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिए । मिडिया रिपोर्टका अनुसार दुवैले २०२३ को अन्त्यसम्ममा विवाह गर्न लागेका छन् ।

सोनाक्षी सिन्हा-जहीर इकबाल

सोनाक्षी सिन्हा र जहीर इकबाल पनि आफ्नो सम्बन्धका कारण चर्चामा छन् । धेरै ठाउँमा दुवैलाई सँगै देखाइएको पाइन्छ । यिनिहरूबीच लामो समयदेखि चिनजान छ । यद्यपि सोनाक्षी वा जहीरले अहिलेसम्म आफ्नो सम्बन्धलाई अफिसियल भने गरेका छैनन् ।

करण कुन्द्रा-तेजस्वी प्रकाश

करण कुन्द्रा र तेजस्वी प्रकाशको जोडी बिग बोस १५ को सबैभन्दा चर्चित जोडी हो। यी दुईको भेट बिग बोसमा भएको थियो र त्यहीँबाट उनीहरुको प्रेम् सम्बन्ध सुरु भएको थियो ।

केही समयअघि तेजस्वीले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गरेका थिए, जसलाई हेरेर फ्यानले उनीहरुको इन्गेजमेन्ट भएको र दुबैले छिट्टै विवाह गर्ने अनुमान गरेका छन् । मिडिया रिपोर्टका अनुसार दुवैले सन् २०२३ को मध्यमा विवाह गर्नेछन् ।

प्रतिक्रिया