शुक्रबार, चैत १६, २०८०

रवि लामिछाने सरकारमा फेरि तत्काल फर्किन सक्छन् ?

सरकारमा रविका दुई विकल्प : नागरिकता पूर्नप्राप्ती गरेर गैह्र-सांसदका रुपमा मन्त्री हुन जाने की उपचुनाव जितेर ?

मेरोन्यूज २०७९ माघ १३ गते २१:३७

काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति समेत गुमेका रवि लामिछानेले सरकारमा फेरि फर्किन सक्ने विकल्प छ । तर उनले त्यसका लागि सबैभन्दा पहिले आफुले अमेरिकी नागरिकता त्यागेको प्रमाणसहित नेपाली नागरिकता पूर्नप्राप्तीको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

उनले निर्वाचन आयोगमा दल दर्ता गर्दा प्रयोग गरेको नागरिकता देखि उम्मेदवारी दिँदासम्मको नागरिकतालाई सर्वाेच्च अदालतले मान्यता नदिएपछि उनको पद जति सवै क्षणभरमै गुम्न पुगेको छ ।

लामिछानेका लागि छोटो राजनीतिक कर्ममा एकाएक प्राप्त गरेको विरासत एकैपटक गल्यामगुल्लम ढलेको छ । एकै पटक चुनाव जितेर उपप्रधान तथा गृहमन्त्री लिएर सरकारमा पुगेका लामिछाने जम्माजम्मी सरकारमा ३२ दिन रहे ।

अब उनले जितेको निर्वाचन क्षेत्रमा निर्वाचन आयोगले उपचुनाव तोकेर हुने चुनावमा उनी फेरि उम्मेदवार बनेर जनताको मतद्दारा परिक्षण भएर मात्रै संसदमा प्रवेश पाउनेछन् । तर त्यसका लागि पनि उनले नागरिकता पूर्नप्राप्तीको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार लामिछानेले अमेरिकाको नागरिकता त्याग गरेको प्रष्ट भए पनि नेपाली नागरिक हुनका लागि नागरिकता पाउन प्रक्रिया पूरा नगरेको अदालतले ठहर गरेका कारण उनको सबै पद एकैपटकमा ढलेको हो ।

Advertisement

“लामिछानेले नागरिकता त्यागेपछि नेपाल आएर प्रमुख जिल्ला अधिकारीसमक्ष जानकारी गराएपछि पुनः नागरिकता कामय गरी पाऊँ भनेर निवेदन दिनुपर्ने हुन्छ, त्यो प्रक्रिया पूरा गरेको देखिँदैन”, रेग्मीले भने, “त्यो प्रक्रिया पूरा गर्ने बित्तिकै पुरानै नागरिकता उहाँको कायम हुन्छ ।”

यो प्रक्रिया लामिछानेले पूरा गर्न चाहेको खण्डमा एक दुई दिनभित्रै पूरा गर्न सक्नेछन् । त्यसपछि उनले फेरि सरकारमा जाउ भने पाउनेछन् । तर त्यसका लागि प्रधानमन्त्री प्रचण्डमा इच्छाशक्ति र स्वयम रविमा रुचि हुनुपर्छ । उनी उपचुनाव लडेर संसदमा नआईहालेपनि गैह सांसदको रुपमा सरकारमा छिर्न सक्नेछन् ।

तर उनलाई गैह सांसदको रुपमा प्रधानमन्त्रीले फेरि मन्त्री बनाएर लैजाने सम्भावना न्यून छ । त्यसमाथी लामिछाने आफै त्यसरी सरकारमा जान कति लालायित हुन्छन् भन्ने कुराले पनि उनको राजनीतिक नैतिकताको प्रश्न जोडिन्छ । उनी यसरी पनि मन्त्री बन्न र फेरि सरकारमा जान लालायित भए भने उनले विगतमा पत्रकारिताका नाममा उठाउँदै आएको प्रश्नको विपरित हुन जानेछ ।

तर उनले सरकारमा जान चाहेमा र प्रधानमन्त्रीले पनि लान चाहेमा भने उनलाई पून नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा गरेर नागरिकता कायम गरेमा गैह सांसदकै रुपमा पनि जान सक्छन् । नेपालको संविधान अनुसार गैर सांसदलाई पनि ६ महिनाका निम्ति मन्त्री नियुक्त गर्न सकिन्छ ।

रविले तत्कालै नेपाली नागरिकता लिने र त्यसपछि उनलाई ६ महिनाका निम्ति गृहमन्त्री नियुक्त गर्न सक्ने विकल्प प्रधानमन्त्री प्रचण्डसित छ । ६ महिनाभित्र चितवनमा उपनिर्वाचन भएर उनी फेरि सांसदका रूपमा फर्किन सक्छन् । तर, प्रचण्डले लामिछानेलाई फेरि गृहमन्त्रीका रुपमा सरकारमा फर्काइहाल्ने यस्तो सदाशयता देखाउने सम्भावना क्षीण रहेको छ ।

प्रतिक्रिया