शुक्रबार, चैत १६, २०८०

पार्टी रवि लामिछानेकै नेतृत्वमा चल्ने हो : रास्वपा प्रवक्ता ढकाल

मेरोन्यूज २०७९ माघ १३ गते १९:४४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टी रवि लामिछानेकै नेतृत्वमा चल्ने बताएका छन् । नागरिकता विवादमा सर्वाेच्च अदालतले लामिछानेको नागरिकता अवैध रहेको ठहरसहितको घोषणा गरेपछि लामिछानको पार्टी सभापति, चितवन क्षेत्र नम्बर २ को सांसद पद, सरकारको उपप्रधान तथा गृहमन्त्री सबै एकैपटक गुमेको छ । उनी अनागरिक भएका छन् ।

उनको सबै पद गुमेपछि अव राष्टिय स्वतन्त्र पार्टी कसको सभापतित्वमा चल्छ ? प्रश्न उठेको छ । तर उक्त पार्टीका प्रवक्ता ढा ढकालले यसबारेमा आइतबार निर्वाचन अयोगसँग सोधेर आवश्यक प्रक्रिया पूरा गर्ने बताएका छन् ।

पार्टी उहाँकै नेतृत्वमा चल्ने हो । त्यसमा कुनै शंका छैन । यसको प्राविधिक कुरा कसरी सच्याउने भनेर हेरिरहेका छौं,- ढकालले भने ।

उनले सर्वाेच्चको फैसलामा के के विषयमा कसरी ब्याख्या गरेको छ भन्न्े अध्ययन गर्ने काम अहिले भईरहेको भन्द्यै त्यसपछि मात्र पार्टीले यसबारेमा थप धारणा बनाउनेछ । तर पार्टी लामिछानेकै नेतृत्वमा चल्ने ढकालले बताए । उनले भने, -फैसलामा के-के कुरा लेखेको छ भन्ने अध्ययन गरिरहेका छौं । पहिला पार्टी सभापतिको रूपमा कायम रहेको वा नरहेको कुरा पनि स्पष्ट गर्नुपर्ने हुन्छ । आइतबार निर्वाचन आयोगसँग बुझेर यसको प्रक्रिया के छ भन्ने बुझ्नेबारे कुरा भइरहेको छ ।

लामिछानेले पुनः नागरिकता प्राप्त गर्ने प्रक्रिया आइतबार नै अगाडि बढाउने कि भन्ने विषयमा पनि छलफल भइरहेको ढकालले बताए । अदालतले गरेको फैसलालाई पनि मान्नैपर्ने बाध्यात्मक परिस्थिति हो । कहाँ-कहाँ करेक्सन गर्नुपर्ने भन्ने विषयमा सल्लाह भइरहेको छ,- ढकालले भने ।

Advertisement

प्रतिक्रिया