शुक्रबार, चैत १६, २०८०

विधायन व्यवस्थापन समितिको बैठक : ‘कार्य परामर्श उपसमिति गठन’

मेरोन्यूज २०७९ माघ १३ गते १९:२०

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले ‘कार्य परामर्श उपसमिति’ गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज भएको बैठकले समितिका सभापति डा बेदुराम भुसालको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसदहरू अनिता देवकोटा, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ र गङ्गाकुमारी बेल्वासे सदस्य रहेका छन् । त्यसैगरी बैठकले देवेन्द्र दाहाल संयोजक रहेको पाँच सदस्यीय ‘समितिका निर्देशन, सुझाव कार्यान्वयनको अवस्था अध्ययन अनुगमन उपसमिति’ बाट सांसद अनिता देवकोटालाई हटाएर सदस्यमा सांसद जितेन्द्र देव र तारामान स्वाँरलाई राख्ने निर्णय गरेको छ । ‘संविधानअनुसार बन्न बाँकी कानून पहिचान’ उपसमितिमा संयोजकको जिम्मेवारी अनिता देवकोटालाई दिइएको छ ।

सो उपसमितिका संयोजक विमला राई पौडेल नेपाल सरकारको परराष्ट्रमन्त्री हुनेभएपछि राष्ट्रियसभा विनियमावलीको नियम १५१ को उपनियम ४ खण्ड ९ख० अनुसार मन्त्री भएपछि समितिको सदस्य नरहने व्यवस्थाअनुसार सांसद देवकोटालाई उपसमितिको संंयोजकको जिम्मेवारी दिइएको हो । सो उपसमितिको सदस्यमा उदयबहादुर बोहरा, भैरवसुन्दर श्रेष्ठ, सुरेशकुमार आलेमगर, भगवती न्यौपाने र राधेश्याम पासवान छन् ।

प्रतिक्रिया