शुक्रबार, वैशाख ७, २०८१

अदालतको फैसलापछि लामिछानेको पहिलो प्रतिक्रिया- म अनागरिक छु, कुनै प्रश्नको जवाफ मसँग छैन

मेरोन्यूज २०७९ माघ १३ गते १९:०१

काठमाडौं । सर्वोच्च अदालतको सम्वैधानिक इजालसले रवि लामिछानेको नागरिकता अवैध ठहर गदै उनका सबै पद पदमुक्त हुने गरी फैसला गरेपछि रवि लामिछानेको पहिलो प्रतिक्रिया आएको छ । उनले् गृहमन्त्रालयबाट बाहिर निस्कदै अदालतको फैसलालाई स्वागत गर्ने बताउँदैं आफुसँग अहिले कुनै पनि प्रश्नको जवाफ नभएको प्रतिक्रिया दिएका छन् ।

म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’ लामिछानेले अब के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भने । उनले अदालतको फैसला भने स्वीकार गर्ने बताएका छन् ।
अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ उनले भने ।

प्रतिक्रिया