शुक्रबार, वैशाख १४, २०८१

प्रधानमन्त्री भेटेर राजीनामा बुझाउने तयारीमा लामिछाने

मेरोन्यूज २०७९ माघ १३ गते १८:५६

काठमाडौं । नागरिकता नै अवैध भएपछि सवैथोक गुमाएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएका छन् । आफुविरुद्धको रिटमा सर्वाेच्चले आज फैसला दिनेभएपछि लामिछाने दिनभर गृहमन्त्रालयमै थिए । उनी यो समाचार तयार पार्दासम्म गृहमन्त्रालयमै थिए ।

उनले अदालतको फैसलापछि केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पदबाट राजीनामा दिने भएका हुन् । उनले राजीनामा नदिएपनि उनी अदालतको फैसलाबाट स्वतः पदमुक्त हुनेछन् । उनले राष्टिय स्वतन्त्र पार्टीको सभापति, चितवन क्षेत्र नम्बर २ को सांसद पद, उपप्रधान तथा गृहमन्त्री सबै पद गुमाएका छन् ।

लामिछानेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले जानकारी दिएका छन् ।

लामिछाने ११ पुसमा उपप्रधन तथा गृहमन्त्री बनेका थिए ।

प्रतिक्रिया