शुक्रबार, चैत १६, २०८०

रवि लामिछानेको गुम्यो रास्वपाका सभापति पनि

मेरोन्यूज २०७९ माघ १३ गते १८:३५

काठमाडौं । रवि लामिछानेले सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पदसमेत गुमाउने भएका छन्। उनले निर्वाचन आयोगमा दल दर्ता गर्दा अहिले सर्वाेच्च अदालतले अवैध ठहर गरिदिएको नागरिकताकै आधारमा सभापति रहेर दल दर्ता गरेकोले उनको पार्टी सभापति पद पनि गुम्ने भएको हो ।

तर यसको निर्णय भने अदालतको फैसलाका आधारमा निर्वाचन आयोगले गर्नुपर्ने हुन्छ ।

निर्वाचन आयोग उच्च स्रोतले बताएअनुसार कानुनतस् उनको सभापति पद उपप्रधान तथा गृहमन्त्री, सांसद दुवै पदसँगै गएको छ।

उनले २०५० लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेको निवेदन पनि अवैध भएको छ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया अघि नबढाएकै कारण लामिछानेले सांसद पद गुमाएका हुन्।

Advertisement

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको पद खारेज गर्ने निर्णय दिएको थियो ।

प्रतिक्रिया