शुक्रबार, वैशाख १४, २०८१

उपप्रधानमन्त्री लिङ्देन र बेलायती राजदूत पोलिटवीच भेटवार्ता

मेरोन्यूज २०७९ माघ १३ गते १७:५६

काठमाडौ । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हित र चासोका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री लिङ्देनले बेलायत नेपालको सबैभन्दा भरपर्दो विकास साझेदार रहेको उल्लेख गर्दै बेलायतले सङ्कट र प्रकोपको समयमा नेपाललाई महत्वपूर्ण सहयोग गरेको स्मरण गरे।

उनले अहिलेको सरकारको प्रथमिकता राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाह भएको उल्लेख गर्दै त्यसमा बेलायत सरकारको सहयोग रहने अपेक्षा व्यक्त गर्नुभएको थियो । उपप्रधानमन्त्री लिङ्देनले भूपू ब्रिटीश गोर्खा सैनिकको समस्या समाधानको लागि राजदूत पोलिटसमक्ष आग्रहसमेत गरेका थिए ।

सो अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने बताएका थिए । नवीकरणीय ऊर्जा उत्पादन तथा विद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको बताउँदै राजदूत पोलिटले ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया