मंगलबार, वैशाख ११, २०८१

त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा परेनन् सन्दीप लामिछाने

मेरोन्यूज २०७९ माघ १३ गते १७:३८

काठमाडौं । नेपाल क्रिकेट संघले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा बोलाउँदा सन्दीप लामिछाने परेका छैनन् ।

बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका लामिछानेलाई उच्च अदालत, पाटनले २० लाख धरौटीमा सर्शत रिहा गर्न आदेश दिएको थियो । त्यसै अनुरुप छुटेका लामिछानेलाई बन्द प्रहिक्षणमा नबोलाइएको हो ।

स्कटल्याण्ड र नामिबिया सहितको त्रिकोणात्मक सिरिजमा मौसम ढकाल, अन्कित सुवेदी र सूर्य तामाङ पहिलो पटक प्रशिक्षणमा बोलाइएका छन् ।

कुलश भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, शरद भेषावकर, ललित राजवंशी, विनोद भण्डरी, सागर ढकाल र सन्दीप जोरालाई प्रशिक्षणमा बोलाइएको छ ।

किशोर महतो, कमल सिंह ऐरी, सिद्धान्त लोनही, अर्जुन चन्द, अभिनाथ बोहोरा, विवेक यादव, भीम सार्की, कुशल मल्ल, अनिलकुमार साह, विक्रम शोब र भुवन सार्कीलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

प्रतिक्रिया