शनिबार, वैशाख ८, २०८१

डाक्टर के.सी.का मुद्दा सदनमा उठाउँछु : राज्यमन्त्री डा. कार्की

मेरोन्यूज २०७९ माघ १३ गते १५:४०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोषिमा कार्कीले स्वास्थ्य डा.गोविन्द केसीले उठाएका मुद्दा अब आफूले सदनमा उठाउने बताएकी छन् । हिजो सडकबाट आवाज उठाउने गरेकोमा अब ती मुद्दाहरू सदनबाट उठाउने राज्यमन्त्री डा. कार्कीले बताइन् ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालले गरेको कार्यक्रममा राज्यमन्त्री डा.कार्कले अहिले पनि सरकारले डा. केसीसँग उनका मुद्दा सम्बोधन गर्नेबारे छलफल गरिरहेको बताइन् ।

डा. के.सीले निर्मला कुर्मीको हत्याका मुख्य योजनाकार भनिएका वादशाह कुर्मीलगायत संलग्न सवै व्यक्तिहरुलाई कारवाहीको माग राख्दै न्यायको लागि संघर्षरत अभियानकर्मीको माग पूरा हुनु पर्ने, शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा सुधारको लागि गरिएको सत्याग्रहको क्रममा सरकारसंग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने नभएमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया