शनिबार, वैशाख ८, २०८१

अनमोल केसी अभिनित ‘छड्के २’को टिजर सार्वजनिक

मेरोन्यूज २०७९ माघ १३ गते १५:४३

काठमाडौं । अनमोल केसी स्टारर ग्याङस्टर ड्रामा फिल्म ‘छड्के २.०’को टिजर सार्वजनिक भएको छ । फिल्म मनाङमा छायांकन गरिएको हाे ।

फिल्ममा अनमोलले ग्याङस्टर चरित्र निर्वाह गरेका छन् । एक मिनेट ४५ सेकेण्ड लामो टिजरमा मनाङकाे प्राकृतिक स्रोत हत्याउन संघर्ष गर्ने ग्याङको कथा देखाएकाे छ ।

फिल्ममा अनमोलका अलावा रविन तामाङ साम्तेन, निगम श्रेष्ठ खजुरे, रेशा आले मगर यांकीको चरित्रमा देखिएका छन् ।फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका छन् ।

फिल्मका निर्माता प्रशान्त गिरी र देवकुमार श्रेष्ठ हुन् । निर्वाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको ब्यानरमा फिल्म बनेको हो । कार्यकारी निर्मातामा निर्वाना फिल्मसहित लक्ष्मण काफ्ले पनि छन् ।

‘छड्के २.०’ आगामी फागुन १९ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया