शनिबार, वैशाख १५, २०८१

भुमिकास्थानमा पाथीभरामाताको मुर्ति स्थापना, धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

मेरोन्यूज २०७९ माघ १३ गते १४:४२

अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान–१०, धनचौर–सेङलेङ्गमा पाथीभरामाताको मूर्ति अनावरण गरिएको छ । १८५४ सालमा पाथिभरामाताले पाइला टेकेको किम्वदन्तीअनुसार सेङलेङ्गको टापुमा  पाथीभरा मन्दिर स्थापना गरिएको हो । योसँगै पर्यटकको भित्र्याउने लक्ष्य लिइएको छ । 

श्रीपञ्चमीको  अवसर पारेर आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापाले पाथीभरा माताको मूर्ति अनावरण गरेका हुन् । 

रायमाझीले अर्घाखाँचीको धार्मिक पर्यटन प्रवद्र्धन र आर्थिक विकासमा पाथीभरा मन्दिरले महत्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे  
भुमिकास्थान नगरप्रमुख थापाले प्रसिद्ध सुपादेउराली मन्दिर आउने दर्शनार्थीलाई ल्याउने गरि पाथिभरामाताको मूर्ति स्थापना गरेको बताए । 
 

प्रतिक्रिया