शनिबार, वैशाख ८, २०८१

पेट्रोलियम ट्याङ्कर चालक संघले गर्यो : आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग

मेरोन्यूज २०७९ माघ १३ गते १३:५३

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका हुन् । उनले आफूहरुको माग सुनुवाई नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रने चेतावली दिए ।
उनका अनुसार देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेका छन् । उहाँहरुको भूमिका महत्वपूर्ण छ, सधैँ परनिर्भर हुनुभन्दा आफूहरुको भविष्यको लागि आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग गरेका छौं । एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरेका छन् ।

प्रतिक्रिया