शनिबार, वैशाख ८, २०८१

स्ववियु निर्वाचन घोषणापत्र तयारीका लागि नेविसंघले गर्यो समिति गठन

मेरोन्यूज २०७९ माघ १३ गते १२:५८

काठमाडौं । स्ववियु निर्वाचन २०७९ का लागि घोषणा पत्र तयारीका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पुजन गन्धर्वको संयोजकत्वमा ३३ सदस्य समिति गठन गरेको छ ।

शुक्रबार संघका अध्यक्ष दुजाङ शेर्पाले गन्धर्वको संयोजकत्वमा ३३ सदस्य मनोनित गरेका हुन् । जसमा चिकित्सा शिक्षा अध्यक्ष सुमन आर्चाय, नेविसंघकै पुर्व केन्द्रीय सदस्य पदम भट्टराई, स्ववियु पुर्व सभापति पंकजकुमार क्षेत्री, टेकराज अवस्थी लगायत रहेका छन् । यस समितिको सदस्य सचिवमा विकल राई रहेका छन् ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरिसकेको छ ।

त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो ।

प्रतिक्रिया