बिहीबार, वैशाख १३, २०८१

‘पठान’ले ताेड्याे रेकर्डः दोस्रो दिन हिन्दी संस्करणमा मात्र ७० करोड भारु

मेरोन्यूज २०७९ माघ १३ गते १२:४८

पछिल्लो समय साउथ फिल्महरुले बलिउडलाई चुनौती दिँदै सबै रेर्कड तोड्न थालेपछि बलिउड सिनेमाले लोकप्रियता गुमाउँदै गएको भन्ने सुनिँदै आएको थियो ।

यसैबीच, शाहरुख खानको पठानले बलिउड प्रेमिहरुको आशा जगाएको छ । रिलिजको पहिलो दिन नै फिल्मले भारतमा लगभग ५७ करोडको बम्पर ओपनिङ गरेको थियो ।

स्रोतका अनुसार अनुसार पठानको हिन्दी संस्करणले दोस्रो दिन ७० करोड भारु कलेक्सन गरेको छ । पठान भारतमा दुई दिनमा १२७ करोड भारुको हाराहारीमा कमाएको छ । त्यस्तै, फिल्मले विश्वव्यापी बक्स अफिसमा २३५ करोड कमाएको छ।

गणतन्त्र दिवसको बिदा परेकाले पनि फिल्मलाई दोस्रोदिन निकै फाइदा भएको छ । दोस्रो दिन कमाईमा पठानले केजीएफ २ लाई पछि पारेको छ । केजीएफ २ को हिन्दी संस्करणले दोस्रो दिन ४७ करोड कमाएको थियो ।

पठानले दोस्रो दिन ६०–६५ करोडसम्म संकलन गर्ने अनुमान गरिएको थियो ।

प्रतिक्रिया