शनिबार, वैशाख ८, २०८१

फर्जी विवरण देखाएर नागरिकता लिने युवन्तिका पक्राउ

मेरोन्यूज २०७९ माघ १३ गते ११:०२

काठमाडौं । प्रहरीले फर्जी विवरण पेस गरेर नागरिकता लिएकी युवन्तिका तामाङलाई पक्रउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ चुनिखेल बस्ने चितवन खैरहनी नगरपालिका–८ घर भएकी ३२ वर्षीया तामाङलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झुठा विवरण पेश गरी बंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्ने मुद्दाको अनुसन्धानको सिलसिलामा तामाङलाई जिल्ला अदालत चितवनबाट प्रदान गरिएको पक्राउ अनुमति पत्रको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई बुढानिलकण्ठ नगरपालिका–१२ चुनिखेलबाट पक्राउ गरिएको सिआइवीले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया