बिहीबार, वैशाख १३, २०८१

माया खोलाको आइपीओ आजदेखि बिक्रि खुल्ला

मेरोन्यूज २०७९ माघ १३ गते १०:४९

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीले आज माघ १३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर ‘आइपीओ’ जारी गर्ने भएको छ । सर्वसाधारणका लागि १९ लाख ९२ हजार कित्ता शेयर बिक्री गर्न थालेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी एक अर्बको ३४ प्रतिशत अर्थात ३४ करोड रुपैयाँ सर्वसाधारण समुहका लागि छुट्टाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले २४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यस्तै एक लाख २० हजार कित्ता सामुहिक लगानीकोषहरुलाई बिक्री गरिसकेको छ । कर्मचारीहरुलाई पनि ४८ हजार कित्ता छुट्ट्याएको छ ।

सबैलाई बिक्री गरेर बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको हो ।

यसमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया