शनिबार, जेठ ५, २०८१

राष्ट्रपति सुनिश्चित गर्न एमालेको यस्ता छन् चार रणनीति

मेरोन्यूज २०७९ माघ १३ गते ८:१५

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आसन्न राष्ट्रपति चुनावमा साझा सहमति खोज्नु पर्ने बताएपछि नेकपा एमालेले तत्कालका लागी लचकताको निति अख्तियार गर्ने भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउदा भएको मौखिक सहमतिका आधारमा माओवादीले राष्ट्रपतिमा एमालेले अघि सार्ने उम्मेदवारलाई सघाउनु पर्ने र एमाले उम्मेदवारमै राष्ट्रिय सहमति खोज्नु पर्ने बताएको छ ।

Advertisement

बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डसग भेट् गरेर पनि एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सहमति राष्ट्रपतिमा एमाले उम्मेदवारमा खोजी गर्न र यसबारेमा माओवादी प्रष्ट हुन आग्रह गरेका थिए ।

प्रधानमन्त्री भने राष्ट्रपति, सभामुख एमालेले लिदा कतै आफुलाई काम गर्न अप्ठ्यारो पार्ने र फेरी बिगतको जस्तो ससद विघटन गरेर जान सक्ने भयमा छन । जसका कारण प्रचण्ड सबैलाई स्विकार्य हुनसक्ने पात्र राष्ट्रपति बनाउनु पर्नेमा छन ।
ससदमा बिश्वासको मत काङ्ग्रेसले पनि दिएपछि प्रचण्ड सहमति सबै दलमा खोज्नु पर्नेमा छन । त्यहि कारण उनले पार्टी स्थायी समिति बैठकमा यसबारेमा पार्टीले लिने नितिमा सुझाव माग गरेका छन ।

माओवादी बैठक आज पनि बस्दैछ । प्रचण्डले काङ्ग्रेसले पनि सदनमा बिश्वासको मत दिएका कारण राष्ट्रपति चुनाबमा कित्ता बदल्न सक्ने देखेर एमालेले तत्काल ४ निति अख्तियार गर्ने भएको एमाले नेताहरू बताउँछन् ।

यस्ता छन एमाले निति


१)राष्ट्रपति सुरक्षित गर्न अहिलेकै गठबन्धन बचाइराख्ने
राष्ट्रपति चुनाबमा माओवादी मत निर्णयक छ । सोहि कारण उसले माओवादी लाई आफुसँगै राख्न अहिलेकै गठबन्धन जोगाउने पहिलो निति लिएको छ ।


२) प्रधानमन्त्री प्रचण्डलाई नबिच्काउने

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री बिच्केमा राष्ट्रपति पद धरापमा पर्न सक्ने भएकोले प्रधानमन्त्रीलाई नबिच्काउने निति एमालेले लिनेछ । उसले त्यसैका लागि प्रचण्ड सग नियमित ओली लगायत एमाले नेताहरूले निरन्तर सबाद जारी राख्ने निति लिने एमालेका नेताहरू बताउँछन् ।

) सरकारका निर्णयमा अतिरिक्त हस्तक्षेप नगर्ने ।

एमालेले प्रधानमन्त्री प्रचण्डको नेतृत्वको सरकारका कुनै काममा पनि अहिले हस्तक्षेप नगर्ने भएको छ । उस्तै परे गठबन्धन दलका शीर्ष नेताहरुको उच्चस्तरीय सन्यन्त्र पनि नराक्ने सम्म जाने निति पनि लिएको छ । सन्यत्रको संयोजक ओली छन् । यसले सरकारको काममा अतिरिक्त हस्तक्षेप प्रधानमन्त्रीले ठानेमा त्यसमा पनि लचक हुने एमाले निति छ । सन्यन्त्रको तर्फबाट सरकारको न्युनतम साझा कार्यक्रम घोषणा गर्दा प्रधानमन्त्रीले ओली हाबी भएको देखेका कारण अतिरिक्त हस्तक्षेप नगर्ने निति उसको छ ।

४) सत्ता साझेदार दलका शीर्ष नेतालाई आफ्नो खेमामा राखिराक्ने

प्रचण्डले सहमतिको नाममा दुरी राख्न खोजे पनि एमालेको रणनीति भने अहिले सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी , राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति लगायत पार्टीसँग सम्बन्ध सुधार गरी राख्ने र उनीहरुलाई आफ्नो खेमामै राखिराख्ने योजना बनाउन लागेको छ ।

यो ४ निति लिदा प्रचण्डलाई रास्ट्रपतिमा दबाब राख्न सकिने र एमाले उम्मेदवार लाई जिताउन सकिने बुझाईमा एमाले देखिन्छ ।

प्रतिक्रिया