शनिबार, वैशाख १५, २०८१

‘रविको नागरिकता मुद्दामा हुने फैसलाले गैरआवासीय नेपालीहरु प्रभावित हुनसक्छन्’

मेरोन्यूज २०७९ माघ १२ गते २१:४६

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा गैरआवासीय नेपालीहरुको पनि चासो जोडिएको पाइएको छ ।

अमेरिकी ग्रिनकार्ड त्यागेका लामिछानेले नागरिकता पुनःप्राप्तिको प्रक्रिया नै पूरा नगरेको भन्दै मुद्दा गरेको छ । यो मुद्दामा संवैधानिक इजलासमा बुधबार अन्तिम सुनुवाइ सुरु भएको थियो, जसमा शुक्रबार नै फैसला आउने सम्भावना छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाका अनुसार यो मुद्दामा हुने फैसलाले गैरआवासीय नेपालीहरु पनि प्रभावित हुनसक्छन् । ‘हामीले नेपाली नागरिकताको निरन्तरताको मुद्दा उठाउँदै आएका छौं । त्यसैले यो मुद्दामा हाम्रो संस्थागत चासो छ’, उनले भने।

एनआरएनएले स्थापनाकालदेखि नै नेपाली नागरिकताको निरन्तरताको माग गर्दै आएको छ । अनौपचारिक तथ्यांकहरुका अनुसार अमेरिका, अष्ट्रेलिया र युरोपका देशहरुको नागरिकता ९ग्रिन कार्ड० लिएका छन् । उनीहरुले नेपाली नागरिकता पनि साथमै राखेका छन् ।
एनआरएनएका पदाधिकारीहरुले ४ माघमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई समेत भेटेका थिए । उनीहरुले संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन माग गरेका थिए ।

प्रतिक्रिया