मंगलबार, माघ २४, २०७९

कर्णालीमा आज मन्त्रिपरिषद विस्तार हुदैं

मेरोन्यूज २०७९ माघ ११ गते ८:०३

सुर्खेत । सत्तारुढ दलको मंगलबार बसेको बैठकले भाग वण्डा टुंगो लगाएको छ । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषयमा सहमति भएको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिएको छ ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो  । यी मन्त्रालयमा जाने मन्त्रीको सपथ बुधबार हुने मल्लले जानकारी दिए ।

प्रतिक्रिया