शुक्रबार, वैशाख १४, २०८१

वाग्मतीमा मन्त्रालय संख्या घटाइयो, आज मन्त्रिपरिषद् विस्तार हुँदै

मेरोन्यूज २०७९ माघ ११ गते ७:०८

काठमाडौं । वाग्मती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । ११ मन्त्रालय कायम गरेर आज मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको हो ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हाल कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउने निर्णय गरेको थियो ।
प्रदेश प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो।

सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउन उपयुक्त हुने सुझाव दिइएको थियो।बागमतीमा गत पुस २६ मा नेकपा माओवादी केन्द्रका संसदीय दल नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका थिए। त्यस दिन उनले ३ जना मन्त्री बनाएका थिए।

प्रतिक्रिया