शुक्रबार, चैत १६, २०८०

अष्ट्रेलियामा मदिराको किनबेचमा कडाइ

मेरोन्यूज २०७९ माघ १० गते २०:४३

काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले मध्य अष्ट्रेलियामा हुने आपराधिक गतिविधिलाई रोक्न मंगलबार नयाँ प्रतिबन्धहरूको घोषणा गरेका छन् ।

मंगलबार साँझ अष्ट्रेलियाको आउटब्याकको सबैभन्दा ठूलो शहर एलिस स्प्रिङ्समा प्रधानमन्त्री अल्बानीजले समुदायका नेताहरूसँग भेटघाट गरी यस क्षेत्रमा मदिरा सेवनबाट हुने गरेको आपराधिक गतिविधिका विषयमा छलफल गरे ।

जारी संकटमा संघीय सरकारलाई हस्तक्षेप गर्न प्रतिपक्षी दलको चर्को दबाबपछि प्रधानमन्त्रीको सो भ्रमण भएको हो । उत्तरी क्षेत्र एनटी प्रहरीको तथ्यांकअनुसार एलिस स्प्रिङ्समा गत वर्षको तुलनामा हिंसात्मक आक्रमण ४३ प्रतिशतले बढेको छ ।

आदिवासी समुदाय र कानून प्रवर्तन एनटी सरकारका प्रतिनिधिसँग भेट गरेपछि प्रधानमन्त्री अल्बानीजले एक व्यक्तिलाई दिनमा एकपटक सीमित मात्रामा मदिरा खरिद गर्न अनुमति दिइने बताए ।

सोमबार र मंगलबार ‘टेकवे अल्कोहल मुक्त दिनहरू’ हुने छन् र टेकअवे रक्सी बिक्री दिउँसो ३ बजेदेखि ७ बजे बीचको अवधिमा मात्र हुनेछ ।

Advertisement

मदिराजन्य हिंसा एलिस स्प्रिङ्ग्सका जटिल समस्या हुन् । तिनीहरूलाई पूर्ण समाधान चाहिएको र त्यसका लागि विभिन्न तहका सरकार मिलेर काम गर्न आवश्यक रहेको अल्बानीजले पत्रकारहरूलाई बताए ।

प्रतिक्रिया