शनिबार, वैशाख ८, २०८१

भूकम्प

बाजुराको गौमुल–२ मा एक जनाको मृत्यु

मेरोन्यूज २०७९ माघ १० गते १७:४२

काठमाडौँ । बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पमा परेर एक जनाको मृत्यु भएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुस्करखड्काका अनुसार गौमुल गाँउपालिका–२ जुरेलीको अञ्दाजी ३५ वर्षीया जमुना रोकायाको भुकम्पमा परेर मृत्यु भएको हो ।

हिमाली गाउँपालिकाको बिच्छ्याँमा केन्द्रविन्दु बनाएर दिउँसो गएको भूकम्पका कारण घाँस काटिरहेकी रोकायाको माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको प्रजिअ खड्काले जानकारी दिए ।

५.९ रेक्टरको भूकम्पले जिल्लाभर थुप्रै घरहरुमा आंशिक र पूर्ण क्षति भएको र तथ्यांक संकलन गर्ने काम भइरहेको उनले बताए ।

प्रतिक्रिया