शनिबार, वैशाख ८, २०८१

भन्सार छलि ल्याइएकाे छ लाख बढीकाे सामान बरामद

मेरोन्यूज २०७९ माघ १० गते १७:४१

मोरङ । प्रहरीले भन्सार छलि ल्याइएका समान बरामद गरेको छ ।

विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरू समेतमा मोरङ जिल्लाका विभिन्न स्थानमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाध्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, घरेलु मदिरा, माछा, कुखुरा लगायतका सामान तथा नेपालबाट भारततर्फ लाँदै गरेको गाई गोरू गरी अन्दाजी मुल्य रू. ६,३९,०४० (छ लाख उन्नचालिसहजार चालिस) बराबरको सामान बरामद गरिएकाे हाे ।

प्रहरीले आवश्यक कारवाहिको लागि उक्त सामान भन्सार कार्यालय विराटनगरमा बुझाईएको छ।

प्रतिक्रिया