शुक्रबार, वैशाख १४, २०८१

नोरा फतेहीले मोरक्कोमा घर किन्न आफुबाट ठूलो रकम लिएको सुकेशको आरोप

मेरोन्यूज २०७९ माघ १० गते १२:०७

२१० करोडको मनी लान्ड्रिङ मुद्दामा तिहाड जेलमा रहेका कन्म्यान सुकेश चन्द्रशेखरले मिडियालाई दिएको बयानमा नोरा फतेहीमाथि गम्भीर आरोप लगाएका छन् । सुकेशले नोरालाई मोरक्कोमा घर बनाउन पैसा दिएको बताएका छन् ।

भर्खरै नोराले सुकेशलाई प्रेमिका बन्ने सर्तमा कन्म्यानले ठूलो घर र विलासी जीवनशैली दिने वाचा गरेको आरोप लगाएकी थिइन् ।

सुकेशले सञ्चारमाध्यमलाई दिएको बयानमा भनेका छन्, ‘आज उनले मैले घर दिने वाचा गरेको भन्दै आरोप लगाएकी छिन् । तर उनले मोरक्कोको कासाब्लान्कामा आफ्नो परिवारको लागि घर किन्न म बाट ठूलो रकम लिएकी थिइन्। यी सबै नयाँ झुटा बयान् उनले ९ महिना अघि ईडीको बयान पछि कानूनबाट बच्नको लागि बनाएकी हुन्।’

सुकेशले भने, ‘नोराले आफूले कार लिन नचाहेकाे र आफ्ना लागि नलिएको दाबी गरेकी छन्। यो ठुलो झूट हो किनकी उनी कारकाे लागि मेरो पछि लागेकी थिइन् । उनलाइ ‘CLA’ निकै सस्तो कार लाग्थ्याे, त्यसैले मैले उनलाई मनपर्ने कार किनिदिएकाे थिए।

सुकेशले थप भने, ‘ईडीसँग पनि सबै च्याट र स्क्रिनसटहरू छन्, त्यसैले यी कुरामा कुनै झूट छैन। वास्तवमा म उसलाई रेन्ज रोभर दिन चाहन्थें, तर कार स्टकमा उपलब्ध नभएकोले र उनलाई तुरुन्तै कार चाहिएको हुनाले मैले उनलाई बीएमडब्ल्यू एस सिरिज किनिदिएँ जुन उनले लामो समयसम्म प्रयोग गरिन् । उनी भारत बाहिरकी हुन्, त्यसैले उनले मलाई अाफ्नाे सबैभन्दा मिल्ने साथीको श्रीमान् बबीको नाममा दर्ता गर्न भनिन्। म र नोराबीच कहिल्यै व्यावसायिक लेनदेन भएको छैन, जसरी उनले दाबी गरिरहेकी छिन्।’

सुकेशले आफू ज्याकलिन फर्नान्डिजसँग गहिरो प्रेम सम्बन्धमा रहेको बताए । उनले नोराले ज्याकलिनसँग ईर्ष्या गर्ने गरेको पनि दाबी गरे । नोराले केही समयअघि ज्याकलिनविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया