शुक्रबार, वैशाख ७, २०८१

पठानको बम्पर अग्रिम बुकिङ, केजीएफ–२ को रेकर्ड तोड्ने अनुमान

मेरोन्यूज २०७९ माघ १० गते ११:४५

शाहरुख खानको फिल्म पठान भोलिदेखि रिलिज हुँदैछ । सबै विवाद र बहिष्कारको प्रवृत्तिका बाबजुद पनि चलचित्रले बम्पर अग्रिम बुकिङ पाउन थालेको छ । पहिलो दिनमै १.७१ लाख टिकट बुकिङ भएको थियो । २४ जनवरी बिहानसम्म यो संख्या ४.३० लाख पुग्यो। पठान अग्रिम बुकिङका हिसाबले सबैभन्दा ठूलो हिन्दी फिल्म बनेको छ ।

यसअघि साउथको फिल्म केजीएफ–२ लाई यस्तो ओपनिङ दिइएको थियो । यो फिल्मका लागि ५ लाखभन्दा बढी अग्रिम टिकट बुकिङ गरिएको थियो । ट्रेड एनालिस्ट तथा फिल्म समालोचक सुमित कडेलका अनुसार पठानले केजीएफ–२ को रेकर्ड पनि तोड्न सक्छ।

अबको ४–५ दिनमा फिल्म हिट हुने कि फ्लप भन्ने खुल्नेछ । तर जसरी पठानको एडभान्स बुकिङ भएको छ, त्यसले लामो समयपछि बलिउडमा कुनै फिल्मले बम्पर बुकिङ आउने अपेक्षा गरिएको छ । ट्रेड विश्लेषकहरूका अनुसार पठानको ओपनिङ डेको कमाई ४५ करोडको हाराहारीमा हुनसक्छ । सुरुको २–३ दिनमै फिल्मले सय करोडको आँकडा छुन्नेछ ।

यो फिल्म हिन्दी बेल्टमा करिब ४५०० स्क्रिनमा रिलिज हुनेछ भने तमिल र तेलुगु स्क्रिनसहित करिब ५००० स्क्रिनमा रिलिज हुनेछ ।

फिल्म पठानको अग्रिम बुकिङलाई हेर्दा यसले कमाईको मामिलामा पनि केजीएफ–२ लाई पछाडि छोड्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया