शनिबार, वैशाख ८, २०८१

चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ने बाबु पक्राउ

मेरोन्यूज २०७९ माघ ९ गते २१:०२

काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थित चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ने बाबुलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुहबी १० का ३३ वर्षीय अमितलाल चौधरी रहेको सुनसरीका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेका चौधरीलाई ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए । अमितसँगै पक्राउ परेकी उनकी श्रीमती विन्दु चौधरीलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।

नवजात शिशु जंगलमा फालेको घटनामा विन्दुको संलग्नता नदेखिएकाले उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । माघ ४ गते जन्मिएकी शिशुलाई चौधरीले ६ गते बराहक्षेत्र नगरपालिका २ को चारकोसे जंगलमा लगेर फालेका थिए ।

जंगलमा घाँस दाउराका लागि गएका स्थानीयबासीले नवजात शिशुलाई देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय चतराको टोलीले तत्काल नवजात शिशुको उद्धार गरी उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

प्रतिक्रिया