शुक्रबार, वैशाख ७, २०८१

टी-२० लिगमा म्याच फिक्सिङ : थप एक जना पक्राउ

मेरोन्यूज २०७९ माघ ९ गते १४:१६

काठमाडौँ । नेपाली क्रिकेटमा स्पट फिक्सिङमा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपालका चार र विदेशी ६ जना खेलाडी फिक्सिङमा संलग्न भएका थिए । जसमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ परिसकेका छन् ।

यस्तै, थप एक जनालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीले उनको नाम खुलाएको छैन ।

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो । जुन खेलमा फिक्सिङ भएको भन्दै विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया