शनिबार, वैशाख ८, २०८१

सडक डिभिजन जुम्लामा कर्मचारी अभाव

मेरोन्यूज २०७९ माघ ७ गते २०:४०

काठमाडौँ । जुम्लास्थित सडक डिभिजन कार्यालयमा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न सकस भएको छ ।

साविकको माथिल्लो कर्णालीका कालिकोट, मुगु र जुम्ला गरी तीन जिल्लालाई हेर्ने सो डिभिजन कार्यालयमा प्राविधिक कर्मचारी पर्याप्त नहुँदा योजना निगरानीदेखि बिल भुक्तानीसम्म कठिन हुने गरेको डिभिजन प्रमुख राजीव श्रेष्ठले बताए ।

उनका अनुसार कार्यालयमा १२ जना सव–इञ्जिनियरको दरबन्दी भए पनि तीन जना मात्र कार्यरत छन् । नौ जना सव–इञ्जिनियरको दरबन्दी पनि रिक्त छ ।

पाँच जना इञ्जिनियरको दरबन्दीमध्ये कार्यालयमा दुई जना मात्रै रहेको उनले जानकारी दिए । भौगोलिक विकटताका कारण कर्णालीमा इञ्जिनियर र सव–इञ्जिनियर आउन नमान्ने गरेको उनको भनाइ छ ।

पटक पटक दरबन्दी अनुसारको जनशक्ति पठाउन माग गरे पनि जनशक्ति नआएको उनको भनाइ छ । जनशक्ति अभावले काम गर्ने निकै सकस हुने गरेको डिभिजन प्रमुख श्रेष्ठको भनाइ छ ।

अहिले कार्यालयले चार वटा कर्णाली राजमार्ग, नाग्म गमगडी सडक, मनाङ–मुस्ताङ जोड्ने सडकदेखि जुम्ला–डोल्पा सडकमा काम गरिरहेको छ ।

प्रतिक्रिया