शनिबार, वैशाख १५, २०८१

रेखा शर्माले गरिन् सञ्चार मन्त्रालयको पदभार ग्रहण

मेरोन्यूज २०७९ माघ ३ गते १४:४१
sf7df8f}F, # df3 . gjlgo’Qm ;~rf/ tyf ;”rgf k|ljlwdGqL /]vf zdf{ dª\unaf/ dGqfnodf cfˆgf] sfo{ef/ ;DxfNg’ x’Fbf ;~rf/sdL{;Fu s’/fsfgL ub}{ . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौँ । नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन् । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताइन् ।

देशभर सञ्चार सेवालाई सर्वसुलभ, पहुँच योग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ ।

पदभारपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानी गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरुरी रहेको बताए ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य शर्माले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई पराजित गर्दै विजयी भएकी छन् ।

विं.सं. २०७० र २०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् ।

प्रतिक्रिया