बिहीबार, वैशाख १३, २०८१

यतिको दुर्घटनाग्रस्त विमानका भारतीय नागरिक सोनु जैसवालले लाइभ गरेको भाइरल भिडियो सत्य हो ?

इलेक्ट्रोनिक हस्तक्षेपका कारण सन् २००० मा स्विट्जरल्याण्डमा र सन् २००३ मा न्यूजील्याण्डमा बिमान दुर्घटना

मेरोन्यूज २०७९ माघ ३ गते ८:५२

काठमाडौं । आईतबार काठमाडौंबाट पोखरामा अवतरणका क्रममा दुर्घटनाग्रस्त यतिको बिमानमा फेसबुक लाईभ गरिरहेका भारतीय यात्रु सोनु जैसवाल । अर्थात सोनुले विमान दुर्घटना हुनुभन्दा केही बेर अघि उडान अवतरण हुँदै गर्दा गरेको भनिएको लाइभ भिडियो यतिबेला भाइरल भइरहेको छ ।
यो भिडियो वास्तविक भिडियो भएको विभिन्न तथ्यजाँचहरुले पुष्टी गरेका छन् । नेपाल फ्याक्ट चेकले पनि जैसवालले खिचेको भिडियोको तथ्यजाँच गरेको छ ।

जसमा भारतीय पर्यटकहरुलाई नेपालमा हवाई टिकट लगायतको व्यवस्था गरेका काठमाडौँ निवासी अजय साहसित पनि हामीले कुरा गर्‍यौँ। उनले पनि सोनुको फेसबुक पेज यही रहेको र उनले फेसबुकबाट भिडियो लाइभ गरेको पुष्टि गरे। तर उनले आफूलाई पनि फेसबुकमा सोनुले साथी बनाइनसकेकोले भिडियो हेर्न नसकेको बताएको उल्लेख छ ।

विमान अवतरण हुनेबेलामा को फेसबुक प्रोफाइलमा लाइभ गरिएको उक्त भिडियो वास्तविक रहेको अमेरिकाको एनबीसी न्यूजले जनाएको छ । सोनुको फेसबुक प्रोफाइल उनका साथीहरुलेमात्र हेर्न मिल्नेगरी लक्ड गरिएकाले उक्त भिडियो उनका साथीबाहेकका अन्यले भने उनको प्रोफाइलमा गएर हेर्न मिल्दैन । भिडियोमा विमान दुर्घटना हुनु अघिका अन्तिम क्षणहरू देखाइएको छ ।

भारतको गाजीपुर निवासी ३२ वर्षीय सोनु आफ्नो सिटबाट उडानको दृष्टिकोण रेकर्ड गरेका थिए । सोनुका आफन्त रजत जैसवालले पनि भिडियो फेसबुकमा लाइभ भएको पुष्टि गरेका छन् । ‘सोनुले फेसबुकमा लाइभ गरिरहेका थिए। सोनु र उनका साथीहरु खुसीको मूडमा थिए। तर अकस्मात् आगो दन्कियो र स्ट्रिमिङ रोकियो’, उनले डेक्कन हेराल्डले भारतीय समाचार एजेन्सी आइएएनएसको एउटा समाचार भनेका छन्।

सोनुले लिएको भिडियोमा आफ्ना साथीहरूसँग यो राम्रो समय हो भनेर खुशी साट्दै आफ्नो झ्यालबाट पोखराको झलक लिन खोजिरहेका थिए जब विमान अवतरणको नजिकै थियो। मुस्कुराउँदै सोनुले शान्त उडानको वरिपरि क्यामेरा प्यान गरेका थिए । जसमा कुनै समस्याको स्पष्ट संकेत थिएन। केही क्षण पछि स्क्रिनमा आगोको ज्वाला निस्कनु अघि आतंकित यात्रुहरूको चिच्याई छोटकरीमा सुन्न सकिन्छ। आगोको ज्वाला समेत देख्न सकिन्छ ।

सोनु दुर्घटनामा मृत्यु भएका पाँच भारतीयमध्ये एक हुन् ।

एक अध्ययनले बिमानमा मोबाइल फ्लाईट मोडमा नराख्दा यो सङ्केतलाई निश्चित विमान उपकरणहरू जस्तै फ्रिक्वेन्सीमा पठाउँछन्, जसले विमानमा प्रभाव पार्न सक्ने जनाएको छ। । अमेरिकाको संघीय उड्डयन प्रशासन र चीनको नागरिक उड्डयन प्रशासनले बिमानमा फोन प्रयोगको सीमाहरू राखेका छन्। चीनमा इलेक्ट्रोनिक उपकरणहरू उडान अवधिको लागि बन्द राख्नु पर्ने अन्यथा प्रयोगकर्ताले जेलमा छोटो बसाइ वा हजारौं डलर जरिवानाको सम्भावना सामना गर्नुपर्नेछ ।
मोबाइल फोन (प्रयोग) प्रसारणबाट इलेक्ट्रोनिक हस्तक्षेपका कारण सन् २००० मा स्विट्जरल्याण्डमा र सन् २००३ मा न्यूजील्याण्डमा बिमान दुर्घटना भएको थियो

तर सोनुले यतिको विमानबाट लाइभ स्ट्रिम गर्न इन्टरनेट कसरी प्रयोग गरे भन्ने खुल्न सकेको छैन। यद्यपी विमान अवतरण गर्ने बेलामा धेरै उचाईमा नहुने भएका कारण फोनको सिग्नल प्राप्त गर्न भने सक्ने विभिन्न अध्ययनहरुले देखाएको छ । ।

प्रतिक्रिया