शुक्रबार, जेठ ४, २०८१

स्वास्थ्यकर्मीले पाएनन् पाँच महिनादेखि तलब

मेरोन्यूज २०७९ पुष २५ गते २०:२५

काठमाडौँ । वीरगञ्जको इन्वास्थित हेल्थ डेक्समा कार्यरत १३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले गत साउनदेखि तलबविहीन बनेका छन् ।

Advertisement

सीमा क्षेत्रमा खटिरेहका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई पाँच महिनाभन्दा बढी समयदेखि तलब नदिएको हेल्थ डेक्स इन्चार्ज डा. अनिषा महतोले बताए ।

उनले एक मेडिकल अफिसर, तीन हेल्थ असिसटेन, दुई जना स्टाफ नर्स, पाँच जना ल्याब टेक्निसियन र दुई कार्यालय सहयोगीको महानगरले साउनदेखि नै तलब नपठाएकाले आफूहरूलाई समस्या परेको बताए ।

वीरगञ्ज महानगरका नगरप्रमुख राजेशमान सिंहले तलब सुविधा संघ सरकारले मधेस प्रदेश सरकारलाई पठाएको र प्रदेश सरकारले उक्त रकम महानगरलाई नपठाएको बताए ।

उनले प्रदेश सरकारको स्वास्थ्य सचिवलाई मौखिक तथा लिखित रुपमा तलब पठाउन पटकपटक आग्रह गर्दा हालसम्म कुनै सुनुवाइ नभएकाले समस्या देखिएको बताए ।

प्रतिक्रिया