बिहीबार, जेठ ३, २०८१

एसियाली भारोत्तोलन समितिको सदस्यमा सेन गुप्त निर्वाचित

मेरोन्यूज २०७९ पुष २३ गते १७:१२

काठमाडौँ । नेपाल भारोत्तोलन संघका प्रथम उपाध्यक्ष पार्थ सारथी सेन गुप्त एसिायली भारोत्तोलन संघको कार्यकारी समितिको सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

४४ राष्ट्रका मतदातामध्ये गुप्त ३८ मतसहित सदस्यमा निर्वाचित भएको भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस)ले जनाएका छन् ।

यसअघि गुप्त एसियाली भारोत्तोलन संघअन्तर्गत प्राविधिक कमिटीका सचिव थिए । पुस २१ गते कतारको दोहोमा भएको चुनावी साधारणसभामा अध्यक्ष श्रेष्ठ, गुप्तसहित महासचिव तिलक राउत सहभागी थिए ।

अध्यक्ष श्रेष्ठले गुप्त निर्वाचित भएकोमा बधाइ दिदै एसियाली भारोत्तोलन संघमा नेपालको उपस्थितिले सिंगो नेपाली भारोत्तोलनको विकासमा अझ टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया