शनिबार, जेठ ५, २०८१

नेपालगञ्जमा दादुराका लक्षण देखिएका शिशुको मृत्यु

मेरोन्यूज २०७९ पुष २१ गते ८:२६

बाँके । बाँकेको नेपालगञ्जमा दादुराको लक्षण देखिएका शिशुको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का ३१ महिना उमेरका शिशुको मृत्यु भएको हो।

Advertisement

ति शिशुमा ज्वरो आउने, शरिरका विभिन्न भागमा राता-राता साना बिबिरा आउनेजस्ता लक्षण देखा परेको थियो ।

शिशुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उपमहानगरका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले बताए। ती शिशुमा दादुराको लक्षण देखा परेको उनले बताए।

सोही वडाको एक घरका ४ जना बालबालिकामा यसअघि पनि दादुरा पुष्टि भएको थियो। दादुराको आशंकामा परीक्षण गरिएको र पोजेटिभ देखिएको उपमहानगरले जनाएको छ।

नेपालगञ्ज उपमहानगरको वडा नम्बर ५, ७ र ८ मा बुधबारसम्म २५ जनामा दादुराको जस्तै लक्षण भएका बिरामी फेला परेका छन्।

उनीहरूको उपचार भइरहेको छ। उनीहरूलाई दादुराको खोप लगाइएको थिएन

प्रतिक्रिया