मंगलबार, जेठ ८, २०८१

वीरताको कीर्तिमानले तमू समुदायको पहिचान विश्वभर फैलियो : प्रधानमन्त्री प्रचण्ड

मेरोन्यूज २०७९ पुष १५ गते १६:१५

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन् । तमू ल्होसारको अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

प्रधानमन्त्री प्रचण्डले इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमू समुदायको पहिचान विश्वभर फैलिएको स्पष्ट पारे । तमू समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको बताउँदै उनले त्यसको सम्मान गर्ने कामलाई सरकारले प्राथमिकता राख्ने बताए ।

‘तमू समुदायको आफ्नै मौलिक र ऐतिहासिक पहिचान स्थापित छ, आफ्नो इमान्दारिताका कारण, लगन, निष्ठा र मेहनतले आफ्नो वीरता र बलिदानको कीर्तिमानले विश्वभरका लागि इमान्दारिता, पारदर्शीता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित छ,’ उनले भने, ‘तमू ल्होसार आज काठमाडौँमा मात्रै होइन, नेपालको ७७ जिल्लामा मनाइँदै छ, सरकारले तमू ल्होसारका लागि दिँदै आएको आर्थिक सहयोग बढाउने छ ।’

मारोहमा तमू समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहित नृत्य प्रस्तुत गरेका थिए । प्रधानमन्त्री दाहालले तमू समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रुपमा चित्रण गरे ।

प्रतिक्रिया