बिहीबार, जेठ ३, २०८१

माओवादी नेता वर्षमानको स्वास्थ्यमा सुधार

मेरोन्यूज २०७९ पुष १ गते १७:०८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ ।

Advertisement

जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ । पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ ।

एक वर्षअघि पुन चीनमा दुई महिना लामो उपचार गरेर फर्केका थिए । चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् । 

यसअघि उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा उपचार गरिएको थियो । अहिले पनि उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित छन् ।

प्रतिक्रिया