सोमबार, जेठ ७, २०८१

पशुपति दर्शनपछि बलिउड अभिनेता विवेकले भने-मन शान्त भएको अनुभूति भयो

मेरोन्यूज २०७९ मंसिर २९ गते १२:२१

काठमाडौं । बलिउड अभिनेता विवेक ओबरायले आज (बिहीबार) बिहान पशुपतिनाथ दर्शन गरेका छन् । सपरिवार नेपाल घुम्न आइपुगेका ओबरायले पशुपतिमा पूजाअर्चना गरे ।
झण्डै एक घण्टा मन्दिरमा बिताएको ओबराय परिवारलाई हेर्न फ्यान झुम्मिएका थिए । विवेकका पिता सुरेश भारतका प्रसिद्ध टेलिभिजन पर्सनालिटी समेत हुन् ।
नेपालमा समेत बाबु र छोराको राम्रै फ्यान फलोइङ छ । पशुपतिमा पूजापछि बाहिरिंदा गर्दा उनीहरुले फ्यानसँग तस्वीर खिचाए । पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको कुरा विवेकले बताएका थिए ।आजै उनीहरु पोखरातर्फ प्रस्थान गर्नेछन् । पोखरामा साहसिक खेलसहित घुमघाम गरेर उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने म्याग्दीको घोरेपानीस्थित पुनहिलमा पदयात्रामा निस्कनेछन् ।

Advertisement

प्रतिक्रिया