सोमबार, जेठ ७, २०८१

बलिउड अभिनेता विवेक ओबराय नेपालमा,आज पशुपति दर्शन गर्न जाने

मेरोन्यूज २०७९ मंसिर २९ गते ६:५७

काठमाडौं । दशदिने नेपाल भ्रमणको लागि बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् । उनले पशुपतिनाथ मन्दिरको दर्शनसँगै नेपालका पर्यटकीय थलो घुम्ने कार्यक्रम छ ।

Advertisement

विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना छ ।उनी धौलागिरि हिमालको अवलोकन गर्न म्याग्दीको प्रसिद्ध घोरेपानी पुग्नेछन् । त्यहाँको छोटो पदयात्रापछि उनी पोखराबाट भैरहवा जानेछन् र लुम्बिनी दर्शन गर्नेछन् ।
उनले भने, ‘म यसअघि नेपाल आएको छैन । बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नुथियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो । नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको छ । मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ । मलाई लुम्बिनी र पोखरा घुम्न मन छ ।’

प्रतिक्रिया