शनिबार, जेठ ५, २०८१

इण्डियन आर्मी बनाइदिने भन्दै दुई करोड ठगी गर्ने पक्राउ

मेरोन्यूज २०७९ मंसिर २५ गते १७:३७

काठमाडौँ । इण्डियन आर्मी बनाइदिन्छु भन्दै करिब दुई करोड रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका ३ बस्ने ४३ वर्षीय नरेन्द्र पाख्रिङ तामाङ रहेको छन् । उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

तामाङले करिब २५ जनालाई इण्डियन आर्मी बनाइदिन्छु भन्दै जनही ५ देखि ६ लाख ठगी गरेको खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया