शनिबार, जेठ ५, २०८१

निर्वाचनमा धेरै वैदेशिक हस्तक्षेप भयो : प्रचण्ड

कस्लाई जिताउने र कस्लाई हराउनेसम्मको ग्राण्ड डिजाइन बन्यो

मेरोन्यूज २०७९ मंसिर २५ गते १७:२७

काठमाडौँ । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते सम्पन्न निर्वाचनमा अहिलेसम्मकै धेरै वैदेशिक हस्तक्षेप भएको बताएका छन् ।

Advertisement

ललितपुरमा आयोजित प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचनमा अकल्पनिय रुपमा विदेशी हस्तक्षेप भएको बताएका हुन् । उनले निर्वाचनमा वैदेशिक शक्तिले कस्लाई जिताउने र कस्लाई हराउनेसम्मको ग्राण्ड डिजाइन बनाएको दाबी गरे ।

‘निर्वाचनमा कस्लाई जिताउने र कस्लाई हराउनेसम्मको डिजाइन भयो, कहाँ के भयो ? म धेरै बताउदिनँ,’ उनले भने, ‘दक्षिणपन्थी दुषित हावालाई यहाँ जबरजस्त स्थापित गर्ने प्रयास भयो ।’

बैठकलाई सम्बोधन गर्दै प्रचण्ड अहिले पनि देशको निर्णयक शक्ति आफूहरू नै भएको बताए । उनले माओवादीसँग नजिक भएको शक्तिहरूको सिट संख्या करिब ६० आसपास रहेको बताउँदै आफूहरू निर्णयक शक्ति भएको बताएका हुन् ।

यस्तै, उनले नयाँ सरकार गठनबारे निर्वाचन आयोगले समानुपातिक सांसद टुंगो लगाएर संसदीय दलको नेता चयन भएपछि प्रक्रिया सुरु हुने बताए । प्रचण्डले आलोपालो सहमतिमा सरकार बन्ने सबैलाई थाहा भएको बताउँदै संसदीय दलको नेता चयन भएपछि को पहिला प्रधानमन्त्री बन्ने निर्णय हुने बताए ।

प्रतिक्रिया