शनिबार, जेठ ५, २०८१

मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न दीक्षा अमेरिका प्रस्थान

मेरोन्यूज २०७९ मंसिर २५ गते १६:३२

काठमाडौँ । मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै वाइवाई मिसेस नेपाल वर्ल्डकी विजेता दीक्षा केसी अमेरिका प्रस्थान गरेकी छन् ।

Advertisement

डिसेम्बर १७ मा अमेरिकाको लस भेगासमा सम्पन्न हुने मिसेस वर्ल्डको फिनालेमा उनले प्रतिस्पर्धा गर्दै छिन् । सन् १९८४ मा स्थापित मिसेस वर्ल्ड विवाहित महिलाहरूको पहिलो सौन्दर्य प्रतियोगिता हुनुको साथै उक्त विधाको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्ने गर्दछ ।

प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रीका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रका सहभागी हुँदै छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दीक्षा मिसेस वर्ल्डमा यसै सम्बन्धित आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दै छिन् । उनले सुपी रसाइली तथा मनिष राईद्वारा तयार पारिएको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्ने छिन।

स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दीक्षालाई हाल अमेरिकामै बसोबास गर्दै आइरहेकी नेपालकी चर्चित मेक अप आर्टिष्ट सोफी सुनवारले प्रतियोगितामा मेक अप गर्ने छिन् ।

उनले संसारमाझ गौतम बुद्धको देश नेपाल भनेर चिनायनका लागि श्री गणेश सुनचाँदी पसलबाट उपहार स्वरुप प्राप्त भएको आकर्षक बुद्धको स्तुपालाई उपहार स्वरुप आयोजकलाई प्रदान गर्ने छिन् ।

उनले यसअघि नेपालमा सम्पन्न रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाइवाई मिसेस नेपाल वर्ल्डमा सहभागी भएर उक्त प्रतियोगिताको विजेताको रुपमा चयन भएकी थिइन । उनी उक्त प्रतियोगिताको विजेता हुँदै मिसेस वर्ल्डमा सहभागिता जनाउँदै छिन् ।

प्रतिक्रिया