शनिबार, जेठ ५, २०८१

सेयर बजारमा भारी गिरावट, आज कति अंकले घट्यो

मेरोन्यूज २०७९ मंसिर २५ गते १५:२२

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ । 

Advertisement

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । यसको १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

अघिल्लो कारोबार बुधबारको दिन सेयर बजार १६.६१ अंकले ओरालो लागेको थियो । बिहीबार सरकारले योःमरी पून्हिँको बिदा दिएको हुनाले नेप्से बन्द रहेको थियो । 

नेप्से उपसूचक कारोबार राताम्मै भएको छ। सबैभन्दा धेरै बैंकिङमा २.३० प्रतिशतले ओरालो लागेको हो । आइतबारको कारोबारमा सिवाइसी नेपाल लघुवित्त र सम्मीट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया