शनिबार, जेठ ५, २०८१

आफ्नै दाइलाई बन्दुक हान्ने एक जना पक्राउ

मेरोन्यूज २०७९ मंसिर २५ गते १५:१६

काठमाडौँ । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका ५ ओइतुङका ४० वर्षीय कुमार लिम्बू रहेको प्रहरीले जनाएको छ ।  

Advertisement

उनले सामान्य घरायसी झगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा तप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

प्रतिक्रिया