बिहीबार, जेठ ३, २०८१

त्रिदेशीय शृंखलामा जितविहीन बन्यो नेपाल

मेरोन्यूज २०७९ मंसिर २२ गते १८:५८

काठमाडौँ । विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्न नामिबिया पुगेको नेपाली टिम जितविहीन बनेको छ ।

Advertisement

बिहीबार भएको अन्तिम एक दिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डसँग ८ विकेटले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो ।

नेपाल र नामिबियाबीचको पहिलो खेल नजिताविहीन भएको थियो । दोस्रो खेलमा स्कटल्याण्डसँग तीन विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा नामिबियासँग ८६ रनको पराजित भएसँगै जितविहीन बनेको छ ।

बिहीबार स्कटल्याण्डसँग टस जितेर ब्याटिङ रोजेको नेपालले ३५.३ ओभरमा अल आउट हुँदै ११९ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा ब्याटिङमा उत्रिएको स्कटल्याण्डले १७ ओभरमा मात्र दुई विकेट गुमाएर १२१ रनसहित लक्ष्य पूरा गर्‍यो ।

नामिबियाका लागि विकेटकिपर ब्याटर जर्ज मुन्से ४५ रन बनाएर पेभेलियन फर्किँदा क्रिस्टोफर म्याकब्राइडले अविजित ४६ रन जोडे । नेपालका लागि गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेले ४७ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

प्रतिक्रिया