शुक्रबार, जेठ ४, २०८१

नेपालले स्कटल्यान्डलाई दियो झिनो रनको लक्ष्य

मेरोन्यूज २०७९ मंसिर २२ गते १६:५४

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टुअन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डलाई १२० रनको लक्ष्य दिएको छ ।

Advertisement

नेपालले ३५.३ ओभरमा ११९ रन बनाउँदै अल आउट भएको हो । युनाइटेड क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ४७ रन बनाए ।

यस्तै, दीपेन्द्र सिंह ऐरीले १४, सोमपाल कामीले १६ र ललित राजवंशीले ११ रन बनाउँदा अरु ब्याटरले दोहोरो अंकको बनाउन सकेनन् ।

प्रतिक्रिया