बिहीबार, वैशाख १३, २०८१

प्रदीप पौडेलले कुलमानलाई भेटेर भने-बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिनुस्

मेरोन्यूज २०७९ मंसिर २२ गते ७:०५

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित प्रतिनिधि सभा सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन नेपाल विद्युत प्राधिकरणसँग आग्रह गरेका छन्।

प्राधिकरण प्रमुख कुलमान घिसिङलाई बुधबार पौडेलले भेटेर काठमाडौं क्षेत्र नम्बर ५ सहित काठमाडौं उपत्यकाभित्र रहेका बिजुलीका नाङ्गा तार व्यवस्थापन गरिदिन आग्रह गरेको पौडेलको सचिवालयले जानकारी दिएको छ।

चुनावका बेला घरदैलोमा पुग्दा बिजुलीका नाङ्गा तारले समस्या निम्त्याएको जनगुनासो सुनेको पौडेलले बताएका थिए भने समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए।
यता, प्राधिकरणका प्रमुख घिसिङले कतिपय ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम भइरहेको बताएका थिए। भित्री सडकहरूमा बाटो र ढलका कारण काम गर्न असजिलो भइरहेको उनको भनाइ थियो।

प्रतिक्रिया